नदीमा बेपत्ता बालकको शव फेला

ओमसतिया गाँउपालिका-५ सिसहनिया बस्ने वर्ष १५ श्यामु गुप्ताको शव शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

आश्विन ३, २०८२

सन्जु पौडेल

Body of missing child found in river

तिलोत्तमा — रुपन्देहीमा नदीमा बेपत्ता बालकको शव फेला परेको छ । जिल्लाको सिद्धार्थनगर-९ गोनहियास्थित बाँध नजिकैबाट डण्डा नदीमा उक्त शव भेटिएको हो ।

ओमसतिया गाँउपालिका-५ सिसहनिया बस्ने वर्ष १५ श्यामु गुप्ताको शव शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । उनी बिहीबार दिउँसोको समयमा ड्याम नजिकै भिडियो बनाउँदै  साथीहरु नुहाएको क्रममा उनी डुबेका थिए । स्थानीय, नेपाल प्रहरीको टोलीले बिहीबारदेखि नै खोजी कार्य सुरु गरे पनि फेला नपरेपछि शुक्रबार बिहानदेखि खोजी कार्यलाई निरन्तरता दिइएको थियो ।

वडा प्रहरी कार्यालयसहित सशस्त्र प्रहरी बल २७ नम्बर हेक्वाबाट सशस्त्र प्रहरी निरीक्षक खड्ग केसीको नेतृत्वको टोलीले शव फेला पारेको हो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully