तिहारको मुख्य दिन आज भाइटीका । दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् ।
तिलोत्तमा — यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा भाइटीका मनाउँदै गरेका दिदीबहिनी र दाजुभाइका तस्बिरहरु ।
![Seven-color tika applied to the forehead...[Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/5666931376998902925949486185221407394149434n-23102025124628-1000x0.jpg&w=1001&h=0)