कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

इन्टरसँग सिटीको गोलरहित बराबरी

आश्विन ३, २०८१
इन्टरसँग सिटीको गोलरहित बराबरी

काठमाडौँ — म्यानचेस्टर सिटीले युरोपली च्याम्पियन्स लिग-२०२४ को आफ्नो पहिलो खेलमा इन्टर मिलानसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । इतिहाडमा भएको बुधबार रातिको खेलमा इन्टरले बलियो रक्षापंक्तिको नमुना पेस गरेको थियो ।

अन्य दुई प्रमुख क्लब बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) भने जित निकाल्न सफल रहे । डर्टमुन्डले क्लब ब्रुगलाई ३–० ले पराजित गर्‍यो । यो जितमा जेमी जितेन्सले दुई गोल गरे ।

पीएसजीले जिरोनामाथि हात पारेको १–० जितमा भने आत्मघाती गोल निर्णायक रह्यो । खेलको ९० औं मिनेटमा जिरोनाका गोलरक्षक पउल गाजानिगाले बललाई आफ्नै पोस्टको दिशा दिएका थिए ।

अर्को खेलमा सेल्टिकले स्लोभान ब्राटिस्लाभामाथि ५–१ को प्रभावशाली जित दर्ता गरेको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ ०५:४१
x
×