कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

फुटबल स्टार सिलाचीको निधन

आश्विन २, २०८१
फुटबल स्टार सिलाचीको निधन

काठमाडौँ — इटालीका पूर्वफुटबल स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको निधन भएको छ । इटालीका मिडियाका अनुसार कोलोन क्यान्सरबाट पीडित सिलाचीको बुधबार पार्लेमो अस्पतालमा निधन भएको हो ।

५९ वर्षीय सिलाची युभेन्ट्सलगायत क्लबमा आबद्ध थिए । उनको निधनमा ती क्लबहरुले शोक वक्तव्य जारी गरेका छन् ।

सन् १९९० को विश्वकपमा उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए । इटालीमै भएको त्यस विश्वकपमा उनले ६ गोल गरे र इटालीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यस उपलब्धिपछि उनी इटालीको फुटबलका नायक बनेका थिए ।

इटालीको फुटबल संघले यस सप्ताहन्त हुने सबै खेलमा सिलाचीको सम्मानमा एक मिनेट मौन धारण गरिने जनाएको छ । सिलाचीले इटालीका लागि १६ पल्ट खेलेर आफ्नो देशका लागि थप एक गोल गरेका थिए ।

प्रकाशित : आश्विन २, २०८१ १६:३३
x
×