कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

सुजनको ४ गोलमा वडा १४ विजयी

आश्विन २, २०८१
सुजनको ४ गोलमा वडा १४ विजयी

काठमाडौँ — दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसलको उपाधि रक्षा अभियानमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ ले बुधबार विजयी सुरुआत गरेको छ ।

वडा ३, वडा २० र वडा १० ले जित हात पार्दै प्रिक्वाटरफाइनल पुगेका छन् । लैनचौर फुटसल मैदानमा वडा १४ ले वडा १५ लाई १–० ले हरायो । रुपक हमालले निर्णायक गोल गरे । उनी म्यान अफ द म्याच भए । वडा ७ ले वडा ३ लाई ७–० ले हरायो । विजेताका सुजन महर्जनले ४, प्रज्वल भट्टले २ तथा अनुराग श्रेष्ठले एक गोल गरे । सुजन म्यान अफ द म्याच भए ।

वडा २० ले वडा २९ लाई २–० ले पराजित गर्दा दुवै गोल युनिकमान डंगोलले गरे । उनी म्यान अफ द म्याच भए । बुधबारै इमरोज श्रेष्ठको गोलमा वडा १० ले वडा २ लाई १–० ले हरायो । इमरोज म्यान अफ द म्याच भए ।

प्रकाशित : आश्विन २, २०८१ १८:३८
x
×