कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

उद्घाटन खेलमा गोर्खा ब्वाइज विजयी

आश्विन २, २०८१
उद्घाटन खेलमा गोर्खा ब्वाइज विजयी

Highlights

  • ३६ औं झरना रनिङ  सिल्ड  प्रतियोगिता सुरु

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा सुरु भएको ३६ औं  झरना रनिङ  सिल्ड नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लबले जित हात पारेको छ ।

गत वर्षको विजेता भूपू सैनिक जबै स्पोर्टिङ क्लबलाई बुधबार ६-२ गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाइज विजयी भएको हो ।

उसका लागि क्याप्टेन नीराजन खत्रीले २ गोल गरेका थिए । त्यस्तै प्रसन्न श्रेष्ठ , अंकित सिजापति, निशान न्यौपाने र सुनिल खड्काले १/१ गोल गर्दै टिमलाई ६ गोलको योगदान दिलाए । भूपू सैनिकका सुरेश कुमाल र सन्देश श्रेष्ठले १/१ गोल फर्काए पनि ती गोल जितका लागि पर्याप्त रहेनन् ।

१६ टिमको सहभागिता रहेको खेलमा रुपन्देहीबाहेक कपिलवस्तु, पश्चिम नवलपरासी र स्याङ्जाको समेत सहभागिता रहेको छ । खेलमा प्रथम हुने टिमले ३ लाख ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टिमले १ लाख ८१ हजार पुरस्कार पाउने क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए ।

२०२७ सालमा स्थानीय युवाले स्थापना गरेको झरना क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ सिल्ड प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताअन्तर्गत गत वर्ष भूपू सैनिक जबै स्पोर्टिङ क्लबले उपाधि चुमेको थियो ।

प्रकाशित : आश्विन २, २०८१ १८:४५
x
×