कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

३६ औं झरना रनिङ शिल्ड असोज २ गतेदेखि

भाद्र ३१, २०८१
३६ औं झरना रनिङ शिल्ड असोज २ गतेदेखि

तिलोत्तमा — झरना स्पोर्टस क्लबले स्व. खगी गुरुङसेनीको स्मृतिमा हुने ३६ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा गरेको छ । प्रतियोगिता असोज २ गतेदेखि उमा आधारभूत विद्यालय तिलोत्तमा-६ कुन्जालापुरको खेल मैदानमा सुरु हुनेछ ।

प्रतियोगितामा यसवर्ष १६ टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा रुपन्देहीका १३ टिमबाहेक पश्चिम नवलपरासी, कपिलवस्तु र स्याङ्जाको वालिङबाट एक-एक टिम सहभागी हुँदैछन् ।

प्रतियोगिताको विजेताले ३ लाख ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले १ लाख ८१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ। आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलका अनुसार प्रतियोगिताको सेमीफाइनल खेल्दै दुवै टिमलाई २५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश: १०/१० हजार पाउनेछन् भने खेल अवधिभरि हरेक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

२०२७ सालमा स्थानीय युवाले स्थापना गरेको उक्त क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । खेल हेर्नका लागि ५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ १६:२१
x
×