कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

लागूपदार्थ दुर्व्यसनको समस्या भयाभह : डीआईजी खापुङ

भाद्र २२, २०८१
लागूपदार्थ दुर्व्यसनको समस्या भयाभह : डीआईजी खापुङ

झापा — कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसनको समस्या भयाभह अवस्थामा रहेको बताएका छन् । 

झापाको शिवसताक्षी नगरपालिका-१ शुक्रबारेमा शनिबार आयोजित दुर्व्यसनीविरुद्धको एक सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै खापुङले झापा, मोरङ, सुनसरी, इलाम लगायतका सीमावर्ती जिल्लाहरुमा लागूपदार्थको समस्या भयाभह बन्दै गएको बताए।

उनले ती जिल्लाहरुमा प्रत्येक दिन दर्जनौँ लागूपदार्थ सेवनकर्ता र कारोबारीहरु पक्राउ गरिएपनि समस्या झन् बिकराल बनेको भन्दै चिन्ता व्यक्त गरे । उनले घरमा लागूपदार्थ सेवनकर्ता रहेको अवस्थामा लुकाउने आम परिपाटी रहेको भन्दै लुकाउँदा अवस्था झन् भयाभह हुने बताए । उनले थपे, ‘घटना लुकाउने हैन, सुधार्ने बाटोको खोजी गर्न जरुरी छ ।’

उनले दुर्व्यसन मुक्त समाज निर्माणमा खेल क्षेत्रको महवपूर्ण भूमिका रहने बताउँदै स्थानीय सरकारले युवाको व्यक्तित्व विकास र खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने खाँचो औंल्याए ।

शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा (रोशन) ले युवाहरुलाई दुर्व्यसनवाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम रहेको बताउँदै आगामी दिनमा खेलकुद क्षेत्रमा वजेट विनियोजन गरेर युवालाई सकारात्मक वाटोमा लैजान पहल गरिने जनाए ।

प्रकाशित : भाद्र २२, २०८१ १९:२०
×