कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

अहेवकाे निधनमा खोटाङको साकेला गाउँपालिकामा शोक बिदा

भाद्र ३१, २०८१

खोटाङ — साकेला गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ । आइतबार बिहान मृत फेला परेका उक्त गाउँपालिका–३ खिदीस्थित स्वास्थ्य चौकीका अहेव ३० वर्षीय मणिराज घिमिरेको निधनको शोकमा बिदा दिने निर्णय गरेको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भएका घिमिरे आइतबार मृत फेला परेको र उनको शोकमा गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष विर्सिका राईले बताइन् ।

घिमिरे साकेला गाउँपालिका–५ मात्तिम ढकालटारस्थित कृष्णराज ढकालको घरमा डेरा गरी बस्थे । सामान्य मुटु रोगका बिरामी घिमिरे डेरामै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रकाशित : भाद्र ३१, २०८१ १९:४७
x
×