कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

चाडपर्व र पाथीभरा सिजनका लागि ताप्लेजुङ बजार खुला

आश्विन २, २०८१
चाडपर्व र पाथीभरा सिजनका लागि ताप्लेजुङ बजार खुला

ताप्लेजुङ — साताको हरेक शुक्रबार बन्द हुँदै आएको सदरमुकाम फुङलिङ बजार यो सातादेखि खुल्ने भएको छ । पाथीभराको सिजन र दसैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी असोज ४ गतेदेखि छठ पर्वसम्म खुल्ला गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ ताप्लेजुङले जनाएको छ । 

कात्तिक १६ गते शुक्रबारसम्म बजार, पसल खुल्ला गर्ने निर्णय गरिएको वाणिज्य संघका अध्यक्ष नारन थापाले जानकारी दिए । छठ पर्व सकिए पछि भने पूर्ववत रुपमा फेरि साताको एक दिन शुक्रबार बजार बन्द हुने छ । ‘दसैं, तिहार, नेपाल सम्वत्, छठ, चासोक तङनामलगायतका पर्वमा सामान खरिदका लागि सदरमुकाम फुङलिङ आउनु पर्ने र एक दिनको बन्दले पनि असर पर्ने भएकाले साप्ताहिक बन्द खुल्ला गरिएको हो,’ थापाले भने ।

वाणिज्य संघले ग्राहकले देख्ने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका सामानको बिक्री वितरण नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न, निषेधित वस्तुहरु बिक्री नगर्न पनि सबै व्यापारीलाई अपिल गरेको छ ।

प्रकाशित : आश्विन २, २०८१ १४:४३
x
×