कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

रुखको हाँगा भाँचिएर लाग्दा वृद्धको मृत्यु 

आश्विन २, २०८१

धनकुटा — धनकुटा नगरपालिका-९ बरबोटेमा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । 

खानेपानीको पाइप जोड्ने क्रममा अकस्मात रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

अपराह्न ३:३० बजे घटना भए पनि साँझमात्र जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।


प्रकाशित : आश्विन २, २०८१ २२:४८
x
×