कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

दाङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

आश्विन ३, २०८१
दाङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

दाङ — घोराही-लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका-६ बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान पल्टिँदा चालक घोराही उपमहानगरपालिका-१८नवलपुरका २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकलमा सवार घोराही-४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि लमही अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

प्रकाशित : आश्विन ३, २०८१ ०९:५२
×