लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल भरिएपछि नयाँ संक्रमितले भर्ना पाउन छाडेका छन् । गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि उपचारमा कठिनाइ भइरहेको छ ।
दाङमा फोहोर व्यवस्थापन प्रमुख समस्याका रूपमा रहेको छ । फोहोर व्यवस्थापन गर्न ल्यान्डफिल साइट नहुँदा विभिन्न नगरले स्थानीय नदी, खोला र वनमा फोहोर फाल्दै आएका छन् ।
कोरोना संक्रमण एकाएक बढ्दै गए पनि यसप्रति सतर्कता अपनाइएको पाइँदैन । दिनहुँजसो भीडभाड बढिरहेको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिम बढ्दै गएको भन्दै भीडभाड गर्न रोक लगाए पनि त्यसको पालना हुन सकेको छैन ।
घोराही लमही सडकखण्डको मसोटमा शुक्रबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरपालिका ९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षीय यादव खनालको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बालिका बलात्कारको अभियोगमा दाङमा दुई बालक पक्राउ परेका छन् । मंगलबार बेलुका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुधबार बिहान बबई गाउँपालिका ५ खैरबोट निवासी ११ र १२ वर्षीय बालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बिहान उठ्नेबित्तिकै सुत्केरी पत्नीलाई खाना पकाइदिए, आफूलाई खानेकुरा पोको पारे । त्यसपछि मोहनलाल कामी बिहान ७ बजे घरबाट उकालो लागे । ‘समयमै खाना खानू, आफ्नो ख्याल गर्नू, म छिट्टै आउँछु’ भन्दै उनी कोइलाखानीमा काम गर्न गएका थिए ।