भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको बासिन्दा भनी सिफारिस गरेर नागरिकता बनाउन सहयोग गरेको आरोपमा अहिरसहित चार जनालाई सोमबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
दाङ — भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा राजपुर गाउँपालिक वडा नं ४ का वडाध्यक्ष रामेश्वर अहिर पक्राउ परेका छन् ।
भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको बासिन्दा भनी सिफारिस गरेर नागरिकता बनाउन सहयोग गरेको आरोपमा अहिरसहित चार जनालाई सोमबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
अहिरसहित पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडासचिव राजकुमार कहार, कार्यालय सहयोगी मीना चौधरी र भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले बताए ।
पक्राउ परेका चारै जनालाई नागरिकतासम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।