संस्कृत विश्वविद्यालय र वनारस हिन्दु विश्वविद्यालयबीच सम्झौता

संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारी, सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टीकाराम बुढा र वनारस हिन्दु विश्वविद्यालयका संस्कृत विद्या धर्मविज्ञान संकायका डीन राजाराम शुक्लाले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् ।

जेष्ठ २६, २०८३

दुर्गालाल केसी

Agreement between Sanskrit University and Banaras Hindu University

दाङ — नेपाल संस्कृत विश्वविद्यालय र भारतको वनारस हिन्दु विश्वविद्यालयबीच प्राज्ञिक ज्ञान आदानप्रदानका लागि सम्झौता भएको छ ।

संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारी, सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक टीकाराम बुढा र वनारस हिन्दु विश्वविद्यालयका संस्कृत विद्या धर्मविज्ञान संकायका डीन राजाराम शुक्लाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै विश्वविद्यालयबीच विभिन्न अध्ययन, अनुसन्धानका काममा सहयोग र सहकार्य गर्ने गरी मंगलबार दाङको बेलझुण्डीमा सम्झौता-पत्र आदान-प्रदान गरिएको छ । संस्कृत शिक्षाका साथै अन्य विभिन्न प्राज्ञिक काममा मिलेर काम गर्दै संस्कृत शिक्षाको प्रवर्द्धनमा योगदान दिन सम्झौताले सहयोग पुर्‍याउने संस्कृत विश्वविद्यालयका उपकुलपति सुधनकुमार पौडेलले बताए ।

संस्कृत विश्वविद्यालयले यसअघि पनि भारतका विभिन्न विश्वविद्यालयसँग सम्झौता गरी अध्ययन अनुसन्धानमा सहकार्य गर्दै आएको संस्कृत विश्वविद्यालयका कुलसचिव अधिकारीले बताए । यस सम्झौताबाट दुई देशका विश्वविद्यालयमा रहेका ज्ञानको भण्डार उपयोग गर्न सहज हुने वनारस हिन्दु विश्वविद्यालयका डीन शुक्लाले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully