मंसिरपछि प्राय: हिउँले ढाकिने बस्तीमा बर्खामा पहिरो र बाढीको जोखिम हुन्छ, वैशाखपछि विकास निर्माणका काम छोटो समयमा सक्नुपर्ने बाध्यता हिमाली क्षेत्रका बासिन्दामा छ ।
उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
घटना पाथीभरा याङवरक गाउँपालिकाको हो । भिडियोमा एक व्यक्तिमाथि बाँधेर निर्घात कुटपिट गरेको देखिएको छ ।
मिक्वाखोला गाउँपालिकामा रहेको मध्यमेवा जलविद्युत आयोजना पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
एसईई ग्रेड वृद्धि परीक्षामा भानुजन विद्यालय केन्द्रका नौ विद्यार्थीले गणित विषयको प्रश्नपत्र पूरै नपाएको उजुरीपछि परीक्षा व्यवस्थापन समितिले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
जातीय विभेद अन्त्य र सामाजिक रूपान्तरणको सन्देश फैलाउन गाउँपालिकाले विभिन्न वडाका अन्तरजातीय विवाह गर्ने दम्पतीलाई विशेष सम्मान गरेको हो।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनामा ८ हजारभन्दा बढी तीर्थयात्री आएर ४६ लाख रुपैयाँभन्दा बढी भेटी चढाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला अधिवेशनले राजनकुमार गुरुङको सभापतित्वमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
आइतबार भएको प्रतियोगितामा बिशाल राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गरेका हुन् ।