दलित-गैरदलित विवाह गर्ने आठराइत्रिवेणीका ११ दम्पती सम्मानित

जातीय विभेद अन्त्य र सामाजिक रूपान्तरणको सन्देश फैलाउन गाउँपालिकाले विभिन्न वडाका अन्तरजातीय विवाह गर्ने दम्पतीलाई विशेष सम्मान गरेको हो।

असार ४, २०८३

आनन्द गौतम

11 couples from Athraitriveni honored for Dalit-non-Dalit marriages

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकाले दलित र गैरदलित बीच अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई सम्मान गरेको छ ।

नगदसहित सम्मानित हुनेमा वडा १ का कविता बयलकोटी र मौसम लिम्बू, वडा २ का होमबहादुर दर्नाल र सिर्जना राई, ३ का रमेश घिमिरे र सरिता नाल्बो, सुमन बराइली र संगीता लिम्बू तथा हेमकुमार थापा र अस्मिता दर्नाल रहेका छन् ।

यसैगरी वडा ४ का सविन बर्देवा र संगीता श्रेष्ठ, वीरकुमार कार्की डोली र सिर्जना तामाङ, ५ का धननाथ नेपाली र सांगी शेर्पा, आइतवीर र अस्मिता बराइली, कृष्ण विक र कमला लिम्बू तथा सलबहादुर नेपाली र गंगादेवी शेर्पा रहेका छन् ।

जातीय विभेद अन्त्य गर्ने उद्देश्य अनुरुप गाउँपालिकाद्वारा सञ्चालित दलित सचेतना कार्यक्रमअन्तर्गत सम्मान गरिएको दलित अगुवा गणेश कार्की डोलीले जानकारी दिए । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू, उपाध्यक्ष शान्ता कुमारी आङबुहाङलगायत उपस्थित थिए । सामाजिक रूपान्तरण र जातीय विभेद अन्त्यकालागि पालिकाले अन्य रचनात्मक कार्यक्रम पनि ल्याउने पोमूले जानकारी दिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully