निर्घात कुटपिटको भिडियो सार्वजनिक भएपछि प्रहरीले बनायो छानबिन समिति

घटना पाथीभरा याङवरक गाउँपालिकाको हो । भिडियोमा एक व्यक्तिमाथि बाँधेर निर्घात कुटपिट गरेको देखिएको छ ।

असार १३, २०८३

आनन्द गौतम

Police form investigation committee after video of brutal beating goes public

पाँचथर — पाथीभरा याङवरक गाउँपालिकामा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि जिल्ला प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार प्रहरी निरीक्षक जटाशंकर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले तीन दिनभित्र सत्यतथ्य विवरण पेस गर्ने उल्लेख छ ।

भिडियोमा एक व्यक्तिमाथि बाँधेर निर्घात कुटपिट गरेको देखिएको छ । यसमा अरु धेरैजनाको आवाज पनि सुनिन्छ । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले घटनास्थल नजिकै प्रहरी चौकी भए पनि प्रहरीलाई खबर नगरिएको र प्रहरीले थाहा पाएपछि पीडितलाई उपचार गर्न अस्पताल पठाइएको बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully