कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

संखुवासभामा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु

आश्विन २, २०८१
संखुवासभामा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका-३ समाटारमा ट्याक्टर दुर्घटना हुादा बुधबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाादबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको थियो ।

खाँदबारी नगरपालिका-८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २, २०८१ १२:१०
x
×