विभिन्न मन्त्रालयका पाँच सचिवले मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको अवलोकन गरेका छन् । बुधबार बाँध निर्माणस्थल फ्याक्सिन्दा र पावरहाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरूले आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।
नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सिंगो देशलाई आगो लगाएको आरोप लगाएका छन् । उनले आगो लगाउने अधिकार प्रधानमन्त्रीलाई नभएको दाबी गरे ।
अरुण तेस्रो आयोजनामा कार्यरत ठेकेदार कम्पनी जेपी एसोसियटको टिपरको ठक्करले मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्ति माग्दै अरुण तेस्रोको काम ठप्प पारेका छन् ।
जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको बताएका छन् । उनले कांग्रेसको मूल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनको बाधक बनेको आरोप लगाए ।
संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाअन्तर्गत सोमबार पानी सुरुङमा फर्काइने भएको छ । अरुण नदीको पानी थुनेर सुरुङबाट लैजान लागिएको हो ।
संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो । तर कुनै क्षतिको विवरण आएको छैन ।