खोलामा लडेर दुई बालकको मृत्यु

मकालु गाउँपालिका–२, सेकेदेम सुकेखोला क्षेत्रमा पौडी खेल्ने क्रममा लड्दा दुई बालकको मृत्यु भएको छ।

वैशाख ७, २०८३

दीपेन्द्र शाक्य

Two children die after falling into river

संखुवासभा — मकालु गाउँपालिका–२, सेकेदेम सुकेखोला क्षेत्रमा पौडी खेल्ने क्रममा लड्दा दुई बालकको मृत्यु भएको छ।

आइतबार करिब १ बजे स्थानीय मदन राईका छोराहरू १२ वर्षीय सुवाष राई र ४ वर्षीय आशिष राई तथा १० वर्षीया मनिषा राई खोलामा पौडी खेलिरहेका थिए। सो क्रममा आशिष राई ढुङ्गाबाट चिप्लिएपछि उनलाई बचाउन खोज्दा सुवाष राई समेत लडेर करिब १५ मिटर तल खसेका थिए।

घटनाबारे स्थानीय अर्जुन राईले प्रहरीलाई जानकारी गराएलगत्तै प्रहरी चौकी मकालुबाट प्रहरी सहनिरीक्षक देवनारायण माझीको कमान्डमा टोली खटिएको थियो। घाइते दुवै बालकलाई तत्काल मकालु स्वास्थ्य केन्द्र, सेदुवामा पुर्‍याई उपचार गरिए पनि अवस्था गम्भीर रहेको थियो।

उपचारकै क्रममा दुवै बालकलाई आइतबार चिकित्सकले मृत घोषणा गरेका थिए । घटनास्थलमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवको टोली समेत परिचालित भएको थियो।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सोमबार मृतक दुवै बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको जनाएको छ।

दीपेन्द्र

Link copied successfully