कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

क्यान्सर पीडितको उपचारार्थ २ लाख बढी सहयोग 

भाद्र ३०, २०८१
क्यान्सर पीडितको उपचारार्थ २ लाख बढी सहयोग 

पाॅचथर — फिदिम नगरपालिका-४ की १६ वर्षीया विपासा खबासको उपचारार्थ बेलायतसहित विभिन्न मुलुकमा रहेका नेपालीले २ लाख १९ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । रक्त क्यान्सरबाट पीडित विपासाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

फिदिम नगरपालिका-४ घर भइ बेलायतमा बस्दै आएका सुक लिङदेन र सुनु तुम्वापो गुरुङको सक्रियतामा संकलन भएको २ लाख १४ हजार र सुडानमा बस्दै आएका निवन तुम्बापोले ५ हजार गरी २ लाख १९ हजार रुपैयाँ आइतबार विरामीकी आमा सिता खबासलाई हस्तान्तरण गरिएको हो । सुनु तुम्वापो गुरुङ र सुक लिङदेनले नेपालका विभिन्न जिल्लाबाट बेलायत पुगेका २७ जना नेपालीसॅग हातेमालो गरेर २ लाख १४ हजार रुपैयाँ संकलन गरेका हुन् ।

उक्त रकम फिदिम-४ का वडाध्यक्ष उपेन्द्र लावती र समाजसेवी दिलकुमारी तुम्बापोले विरामीकी आमालाई हस्तान्तरण गरे । आइतबार नै फिदिम नगरपालिका-७ रानिटार घर भइ हाल कतारमा रहेकी सुरक्षा थुलुङले पठाएको १६ हजार ६ सय ६५ उपलव्ध गराएकी थिइन् । विपन्न परिवारकी सदस्य खबासको उपचार सहयोगार्थ जिल्लाका नागरिकले रकम संकलनका लागि अभियान नै चलाएका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ २०:३८
x
×