पाँचथर, इलाम र ताप्लेजुङका सामुदायिक तथा राष्ट्रिय वनमा जैविक मार्ग, वृक्षरोपण र संरक्षण शिक्षामा ६ करोड ५५ लाख रुपैयाँ लगानी हुँदैछ।
वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्गका विभिन्न स्थानमा सडक अबरुद्ध भएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा निवासी ५२ वर्षीय बखतबहादुर सिंघकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
मध्यपहाडी राजमार्गअन्तर्गत याङवरक–२ स्थित मेवा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्याउँदा आवागमन बन्द भएको हो ।
यसअघि २ सन्तान जन्माइसकेका दम्पतीले पनि आर्थिक वर्ष २०८३/८४ भित्र नयाँ सन्तान जन्माएर वडा कार्यालयमा जन्मदर्ता गराएलगत्तै प्रोत्साहन भत्ता पाउने वडाध्यक्ष दिनानाथ अधिकारीले बताए ।
सरकारी अस्पतालहरूमा नि:शुल्क वा न्यून शुल्कमा दिइँदै आएको रेबिजविरुद्धको खोपको अभावले बिरामीले ज्यानैसमेत गुमाउन थालेका छन् । सरकारले आपूर्ति गर्न नसक्दा निजी औषधि पसलबाट किनेर लगाउन विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ ।
प्रतियोगितामा एसीआर दोजाङले ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो ।
फिदिमस्थित ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको प्रतियोगितामा पुरुष र महिला गरी विभिन्न तौल समूहका ११० खेलाडी प्रतिस्पर्धामा छन् ।
मेची र मध्यपहाडी राजमार्गसँगै तमोर करिडोरको निरीक्षण क्रममा पाँचथर पुगेका मन्त्री लम्सालले सम्झौता अवधिभित्र काम नसकिनुमा प्रशासनिक संयन्त्रको कमजोरी रहेको बताए ।
यस्तै मेची राजमार्गको वैकल्पिक सडकका रुपमा अघि बढाइएको बेलासे खण्डमा पनि बाढी आएको छ । जसकारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।