शनिबार मध्याह्न तमोर नदीमा बाढी आएर मानिस बगाएपछि उद्धारमा सहयोग गर्न स्थानीयले नेपाली सेनालाई फोन गरे । 'तपाईंहरु आफू जोगिएर उद्धारको पहल गर्नुहोस् हामी आइपुग्छौं' भनेर सैनिक अधिकारीले फोन राखे । लगत्तै सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगे ।
बाल्यकालमा लाहुरे बन्ने सपना सँगालेका पाँचथरको फालेलुङ गाउँपालिका–८ का २६ वर्षीय फुङ्सो जवेगू अचेल कोशी प्रदेशका हिमाल, ताल तलैया र नदी क्षेत्रमा भेटिन्छन् ।
अपांगता भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ दुरदिम्बा भीमबहादुर तामाङको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर घर हस्तान्तरण गरिएको हो ।
आगलागीका कारण पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का पञ्चबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ । भान्छाघरबाट सल्केको आगोले चेम्जोङको घरसँगै घरमै राखिएका तीनवटा मोटरसाइकल,एउटा स्कुटरसँगै ठूलो परिमाणमा नगद,सुनचाँदी र अन्न जलेको बताइएको छ ।
पशुको पनि अल्ट्रासाउन्ड ? सुन्दा अनौठो लाग्न सक्छ । पाँचथरमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गरेर चौपायाको गर्भ जाँच थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरले बोक्न मिल्ने (पोर्टेबल) अल्ट्रासाउन्ड मेसिन पाएपछि कृषकका गोठसम्मै पुगेर वस्तुभाउको गर्भ परीक्षण गर्न थालिएको हो ।
पाँचथरको कुम्मायक गाउँपालिका–२ का सुशील सेर्माले सर्वोच्च शिखर सगरमाथासहित आधा दर्जन हिमालको सफल आरोहण गरिसकेका छन् । उनै सेर्मा अब भने युरोप र अफ्रिकाका हिमाल आरोहणको तयारीमा जुटेका छन् ।