मध्यपहाडी राजमार्गअन्तर्गत याङवरक–२ स्थित मेवा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्याउँदा आवागमन बन्द भएको हो ।
पाँचथर — राति भएको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको पाँचथर खण्ड र पाँचथरकै फिदिम–फालौट सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत याङवरक–२ स्थित मेवा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्याउँदा आवागमन बन्द भएको हो ।
यस सडकअन्तर्गतको मेवा खोलामा केही दिनअघि मात्रै डाइभर्सन निर्माण गरिएको थियो ।
सडक अवरुद्ध हुँदा पाँचथरको फलैंचा र च्याङथापुसँगै ताप्लेजुङको सादेवा र कालिखोला क्षेत्रबाट सदरमुकामसम्मको आउजाउ बन्द भएको प्रहरीले जनाएको छ ।
यस्तै, अविरल वर्षाकै कारण फिदिम–फालौट सडक खण्डमा पर्ने मुवाखोला डाइभर्सनमा क्षति पुग्दा त्यस क्षेत्रको यातायात अवरुद्ध भएको छ ।
बाढीले फालेलुङ–५ र ६ को सीमावर्ती मुवाखोलामा निर्मित डाइभर्सनको जग बगाइदिएको हो । डाइभर्सन बगेपछि यातायात अवरुद्ध भएको फालेलुङ–६ का वडाध्यक्ष अमरवीर राईले जानकारी दिए ।
