जिल्ला तेक्वान्दोमा ११ स्वर्णसहित एसीआर दोजाङ पहिलो

प्रतियोगितामा एसीआर दोजाङले ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो ।

असार ८, २०८३

लक्ष्मी गौतम

ACR Dojang wins first place in district taekwondo with 11 golds

पाँचथर — पाँचथरमा आयोजित जिल्ला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा एसीआर दोजाङ समग्र च्याम्पियन बनेको छ । 

प्रतियोगितामा एसीआर दोजाङले ११ स्वर्ण, १० रजत र ६ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो । इगल दोजाङ ५ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित दोस्रो तथा याङवरक दोजाङ ३ स्वर्ण, १० रजत र ५ कास्य पदकसहित तेस्रो बनेको छ ।

तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति पाँचथरको आयोजनामा फिदिममा सम्पन्न दुईदिने प्रतियोगितामा जिल्लाका १ सय १० खेलाडी सहभागी भएका थिए ।

संघका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठले युवापुस्तालाई कुलतबाट जोगाउँदै खेलकुदतर्फ आकर्षित गर्नु, सामाजिक सञ्जालमा बढी अभ्यस्त बन्दै गएकाले खेलमार्फत अनुशासित र सक्रिय बनाउन प्रतियोगिता गरिएको बताए ।

जिल्लास्तरीय प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धिसँगै प्रदेश तथा राष्ट्रिय प्रतियोगिताका लागि प्रतिभा पहिचान गर्न योगदान पुग्ने आयोजकले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully