२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
शान्ति प्रक्रियामा फड्को

प्रतिनिधिसभामा दाहालको प्रस्ताव- 'परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीसाथ अघि बढौं'

श्रावण ३०, २०८१

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।...

शान्ति प्रक्रिया अब राजनीतिक होइन, कानुनी मार्गमा

१० वर्षे द्वन्द्व बिसाउन राज्यपक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीबीच भएको शान्ति सम्झौताको १८ वर्षसम्म अलपत्र परेको महत्त्वपूर्ण प्रक्रिया बल्ल पूरा हुने विश्वास पलाएको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग’ ले पूरा गर्ने जिम्मेवारीलाई निर्देशित गर्ने कानुन संशोधन गर्न प्रमुख दलहरू सहमत भएका छन् ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वकै लागि अनुकरणीय हुन्छ : देउवा

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय हुने बताएका छन् ।

संक्रमणकालीन विधेयकमा सहमति शान्ति, स्थिरता र समृद्धिका निम्ति खुसीको कुरा हो : दाहाल 

माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा गृहमन्त्री रमेश लेखक संयोजकत्वको कार्यदलले सहमति जुटाउनु खुसीको कुरा भएको बताएका छन् । उनले उक्त सहमतिलाई संसदीय समिति र संसद्‌बाट संवैधानिक रूपमा अगाडि बढाउन पनि सरकारसँग आग्रह गरेका छन् । 

शान्ति प्रक्रियाको अन्तिम किस्तामा यो कोशेढुंगा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले बुधबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।

नेपालको शान्ति प्रक्रियाको विशेषता विश्वभर स्थापित हुन्छ : शर्मा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वभर स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्छ : उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् । बुधवार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए ।

'शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन'

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् ।

संविधान रक्षामार्फत दिगो शान्ति, सुशासन, समृद्धि महत्त्वपूर्ण एजेन्डा हुन् : देउवा

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् ।