कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संविधान रक्षामार्फत दिगो शान्ति, सुशासन, समृद्धि महत्त्वपूर्ण एजेन्डा हुन् : देउवा

'यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ, भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको महत्त्वपूर्ण एजेन्डा भनेको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति रहेको बताएका छन् ।

संविधान रक्षामार्फत दिगो शान्ति, सुशासन, समृद्धि महत्त्वपूर्ण एजेन्डा हुन् : देउवा

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले मुलुक सुशासन र समृद्धि प्राप्त गर्नेतर्फ लाग्नुपर्ने बताए । 'नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्त्वपूर्ण एजेन्डा हुन्,' देउवाले भने 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका प्रति एकीकृत समाजवादीले कार्य गरेको छ ।'

सभापति देउवाले एकीकृत समाजवादीले गहिरो प्रतिबद्धताका साथ व्यवस्थाका पक्षमा काम गरिरहेको बताए । 'यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने मैले विश्वास लिएको छु,' उनले भने, 'मुलुकमा शान्ति स्थापना गर्ने सवाल होस् या संविधान निर्माण गर्ने सवाल होस् माधवजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यसकारणले माधवजीले नेपालको राजनीतिमा महत्त्वपूर्ण योगदान दिनुभएको कुरा सबैलाई थाहा छ ।'

एकीकृत समाजवादीको महाधिवेशन आइतबार उद्घाटन गरिएको हो । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

प्रकाशित : असार १६, २०८१ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×