कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

सरकार बनाउने कांग्रेस-एमालेको सहमति स्वाभाविक र प्राकृतिक लाग्दैन : माओवादी

'अहिले कांग्रेस र एमालेबीच जे-जे सहमति भए भनिएका छन् ती त्यति स्वाभाविक लागेको छैन । पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने प्राकृतिक लाग्दैन ।' -उपाध्यक्ष अग्नि सापकोटा

काठमाडौँ — नेकपा माओवादी केन्द्रले मिलेर सरकार बनाउने एमाले र कांग्रेसको सहमति स्वाभाविक र प्राकृतिक नलागेको जनाएको छ । मंगलबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेबीचको सहमति मुलुकलाई पश्चगमनतर्फ लैजाने खालका भएको उनले बताए । 

सरकार बनाउने कांग्रेस-एमालेको सहमति स्वाभाविक र प्राकृतिक लाग्दैन : माओवादी

पार्टी पदाधिकारी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संक्षिप्त रूपमा पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेको प्रवक्तासमेत रहेको उपाध्यक्ष सापकोटाले बताए । उनले भने, 'आजको बैठकमा अध्यक्ष कमरेडले पछिल्लो राजनीतिक घटनाक्रमबारे संक्षिप्त ब्रिफिङ गर्नुभयो । तर अहिले कांग्रेस र एमालेबीच जे-जे सहमति भए भनिएका छन् ती त्यति स्वाभाविक लागेको छैन । पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने प्राकृतिक लाग्दैन ।'

समानुपातिक प्रतिनिधित्वलगायतका विषयमा संविधान संशोधन गर्नेसम्मका कुरा अग्रगमनभन्दा पश्चगमनतर्फ लागिरहेको हो कि भन्ने आशंका उब्जिएको पनि उपाध्यक्ष सापकोटाले बताए । सत्ता समीकरणमा रहेका अन्य दलहरूसँगको छलफलपछि मात्र थप कदम चालिनेसमेत उनले बताए । उनले अगाडि भने, 'घटनाक्रमहरू यसरी अप्रत्याशित रूपमा आइरहेको छ भनेर विश्लेषण गर्नुपर्छ भन्ने छ । सत्ता समीकरणमा भएका पार्टीहरूसँग छलफल गर्नुपर्नेछ । प्रारम्भिक रूपमा भन्नुपर्दा एमाले-कांग्रेस सरकार बन्ने कुरा स्वाभाविक र प्राकृतिक लाग्याछैन ।'

भ्रष्टाचारविरुद्ध अगाडि बढाइएका कारबाहीहरू केहीलाई मन नपरेकोसमेत उपाध्यक्ष सापकोटाको भनाइ छ । 'यो सरकार बनेदेखि नै सामाजिक न्याय र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको छ । भ्रष्टाचारविरुद्धको कारबाहीमा इतिहासमै नभएका कामहरू भएका छन् । जस्तै भुटानी शरणार्थी, ललिता निवास सुन काणडजस्ता महत्त्वपूर्ण कामहरू भएका छन् । संविधान कार्यान्वयन गर्ने सवालमा, सुशासन कायम गर्ने सवालमा, जनतालाई डेलिभर दिने कुरा त्यति मन परेको थिएन । त्यसलाई डिरेल गर्न यी घटनाक्रमहरू भएको हो कि भन्ने आशंका छ,' उनले भने ।

त्यस्तै दाहाल नेतृत्वको सरकारका कामकारबाहीका कारण मुलुकको छवि अन्तर्राष्ट्रिय रूपमै माथि गएको पनि उनले बताए । 'अन्तर्राष्ट्रिय रूपमै सरकारको छवि माथि गएको छ । महासचिव गुटेरेसको भ्रमणले पनि विश्वमञ्चमा नेपालको उपस्थितिलाई माथि पुर्‍याएको छ। महासचिवको भ्रमणले शान्तिका लागि विश्वमै एउटा सन्देश दिएको थियो,' उनले भने ।

प्रकाशित : असार १८, २०८१ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×