संघीय संसद् सचिवालयले संसद अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले भने निरन्तर काम गरिरहेका जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भएको थियो । सो दिन प्रतिनिधिसभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताएका छन् । सोमबार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको बताए ।
काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमलपोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।
बंगलादेशले बीआरआई परियोजनाअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरेकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताए ।
नेपालमा रहेका कुल घरहरूमध्ये सबैभन्दा बढी एकतले घर रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरूमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।
नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताएका छन् । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एसिया क्वालिफायरको पहिलो खेलमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन् । उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताएका हुन्।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका हुन्।
संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयबाट भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपिल गरेका हुन् ।