सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने गतिविधि गरिरहेको छ : महन्थ ठाकुर

सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको भनाइ छ ।

असार ९, २०८३

न्युज एजेन्सी नेपाल

The government is carrying out activities that affect the country's independence: Mahant Thakur

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन् । 

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सरकारले बाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुसी भएको पनि सांसद ठाकुरले बताए ।

सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि उनले बताए । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको भनाइ छ । 

‘जुन राज्य छ । यो ननफङ्सनिङ हो । जनताको हातमा त केही छैन । सबै सकियो । हाम्रो स्वतन्त्रतामाथि नै असर परिरहेको छ । किनकि बाहिरका मानिसहरूले सबै चिज कब्जा गरिहाले । र उनीहरूको चित्त बुझाउने गरी सारा काम भइरहेको छ । हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौ । हामी यो देशका नागरिक हौँ । हाम्रो चित्त बुझाउने किसिमको हाम्रो भलाई हुने किसिमको काम हाम्रो सरकार भएन हुने हो,’ उनले भने । 

न्युज

Link copied successfully