प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, विष्णु पौडेल बेकसुर : सांसद कँडेल

एमाले सांसद पुष्पराज कँडेलले भने- 'मन्त्रीहरूले सचिवालयमा ९ जनासम्म सल्लाहकार र निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको सुनिएको छ, यदि यो सत्य हो भने यो नीतिगत भ्रष्टाचारको पराकाष्ठा हो ।'

असार १४, २०८३

न्युज एजेन्सी नेपाल

Prime Minister's statement is treasonous, Bishnu Poudel is innocent: MP Kandel

काठमाडौँ — एमाले सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् ।

गत जेठ १७ गते संसदमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दिभएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति प्रकट गरे । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको कँडेलको दाबी छ । उक्त अभिव्यक्तिले भविष्यमा दुई देशबीच हुने वार्तामा नेपालको विपक्षमा प्रमाणको रूपमा काम गर्न सक्ने खतरा औंल्याउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त भनाइ संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरे ।

‘देशको प्रधानमन्त्रीले सम्बन्धित पक्षले समेत नउठाएको र कतै चर्चा नभएको विषयमा नेपालले भारतको भूमि मिचेको भनी संसदमा बोल्नु गम्भीर षडयन्त्रको संकेत हो । विष्णु पौडेल बेकसुर हुनुहुन्छ । सरकारले आफ्ना कमजोरी लुकाउन र अन्तर्राष्ट्रिय निकाय (एफएटीएफ) लाई देखाउनका लागि मात्र उच्च ओहदाका व्यक्ति पक्राउ गरेको नाटक गरिरहेको छ। यो नेकपा एमालेलाई बदनाम गर्ने कुत्सित मनसायले प्रेरित छ,’ उनले भने । 

एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ गरिएको विषयमा पनि सांसद कँडेलले कडा विरोध जनाए । उनले यस गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र विपक्षीलाई तर्साउने रणनीतिको रूपमा व्याख्या गरे । पौडेलको तत्काल रिहाइको माग समेत कँडेलले गरे ।

सांसद कँडेलले मन्त्रीहरूले सचिवालयमा ९ जनासम्म सल्लाहकार र निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको भन्ने समाचारप्रति पनि प्रश्न उठाएका छन् । 'यदि यो सत्य हो भने यो नीतिगत भ्रष्टाचार को पराकाष्ठा हो,' उनले भने, 'सरकारले एकातिर वास्तविक अपराधीलाई उन्मुक्ति दिने र अर्कोतिर करका दरमा सूचना चुहावट गरी बिचौलियालाई लाभ पुर्‍याउने काम गरिरहेको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेका छानबिन निकायहरूलाई राजनीतिक हतियार नबनाउन समेत उनले चेतावनी दिए ।

न्युज

Link copied successfully