आइतबार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा उनले उक्त कुरा बताएका हुन् ।
काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा उनले उक्त कुरा बताएका हुन् । सहसंयोजक नेपालले विदेशी शक्तिहरूले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति सतर्क भएर अघि बढ्ने काम पनि नेपालका कम्युनिष्ट पार्टीहरूले नै गर्नुपर्ने आवश्यकता औँल्याए ।
देशीहरूले देशमा हालीमुहाली नचलाउन, राष्ट्रिय हितमा कुठाराघात नगरुन र छिमेकीहरूका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन भन्ने कुरामा नेपालमा कम्युनिष्ट पार्टीहरूले सतर्कता अपनाएर अघि बढनुपर्ने उनको भनाइ थियो । सहसंयोजक नेपालले जनताको अधिकार कुठाराघात गर्ने कोसिसहरू भइरहेको पनि बताए ।
उनले भने, 'विदेशीहरूले देशमा हामीमुहाली नचलाउन् । हाम्रो राष्ट्रिय हितमा कुठाराघात नगरुन् । र हाम्रो छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन् । यसमा हामी शतर्क हुनुपर्छ । वर्तमान सरकारको यस सन्दर्भमा रवैया शंकास्पद छ । जसरी विदेशी शक्तिहरू चलखेल गर्न खोजिरहेका छन् । त्यसप्रति हामी सबैभन्दा पहिला सतर्क हुनुपर्दछ । सँगसँगै जनताका अधिकारहरूमाथि कुठाराघात गर्ने अनेकखालका कोसिसहरू भइरहेका छन् । त्यसो हुनाले लोकतन्त्र जोगाउन, गणतन्त्रको रक्षा गर्न पनि कम्युनिष्टहरूले नै अग्रसरता लिनुपर्छ ।’
सहसंयोजक नेपालले लोकतन्त्रको रक्षा र गर्न गणतन्त्र जोगाउन पनि नेपालमा कम्युनिष्ट पार्टीहरूले अग्रसरता दिनुपर्ने अवस्था आएको बताए ।
