कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

जसपा नेपालले एमाले-कांग्रेसको सरकारलाई समर्थन गर्ने

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले आफ्नो पार्टीले एमाले-कांग्रेससहितको सरकारलाई समर्थन गर्ने बताएका छन् । ईकान्तिपुरसँग कुराकानी गर्दै उनले अब बन्ने सरकारप्रति आफ्नो पार्टी सकारात्मक रहेको पनि बताए ।

जसपा नेपालले एमाले-कांग्रेसको सरकारलाई समर्थन गर्ने

उनले कांग्रेस-एमाले गठबन्धनको सरकारमा जाने नजाने भने पार्टीको बैठकबाट टुंगो लाग्ने बताए । उनले भने, 'पछिल्लो घटनाक्रमलाई पार्टीले सकारात्मक रुपमा लिएको छ । हामीले नयाँ सरकारलाई समर्थन गर्नेछौं ।'

संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका थिए । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका थिए । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।

प्रकाशित : असार १८, २०८१ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×