कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ — एमाले र कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेपछि संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरू आन्तरिक छलफलमा जुटेका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पनि मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ । 

परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । 'पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्नका लागि दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको छ,' प्रवक्ता श्रेष्ठले भने । राप्रपा पनि एमाले नेतृत्वको सरकारमा जाने हो भन्ने इकान्तिपुरको प्रश्नमा श्रेष्ठले भने, 'बैठकअघि अध्यक्षज्यु विभिन्न राजनीतिक भेटघाटमा हुनुहुन्छ । सबै कुरा बैठकमै छलफल हुन्छ ।'

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : असार १८, २०८१ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×