कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने कांग्रेससँग समझदारी भएको छ : एमाले महासचिव पोखरेल

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरिने बताएका छन् । सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न लागेको बताएका हुन् ।  त्यसका लागि कांग्रेससँग समझदारी भएको पनि महासचिव पोखरेलले बताएका छन् ।

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने कांग्रेससँग समझदारी भएको छ : एमाले महासचिव पोखरेल

'राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरूपका कानु समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने,' महासचिव पोखरेलले लेखेका छन् ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : असार १८, २०८१ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×