मध्यरातमा कांग्रेससँग सरकार बनाउने सहमति गरेका एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाल भेट्न बालुवाटारमा

असार १८, २०८१

कान्तिपुर संवाददाता

UML President Oli, who agreed to form the government with the Congress at midnight, met Prime Minister Dahal in Baluwatar

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार राति कांग्रेससँग आलोपालो सरकार बनाउने सहमति गरेका ओली मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच कुराकानी भइरहेको जानकारी दिए । सोमबार बिहान पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेट भएको थियो । बालुवाटारबाट सुरु भएको ओलीको भेटघाट चपली हाइटमा पुगेर कांग्रेससँग आलोपालो सरकार बनाउने सहमतिमा टुंगिएको थियो । 

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कांग्रेस-एमाले गठबन्धन

कान्तिपुर

Link copied successfully