कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

मध्यरातमा कांग्रेससँग सरकार बनाउने सहमति गरेका एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाल भेट्न बालुवाटारमा

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार राति कांग्रेससँग आलोपालो सरकार बनाउने सहमति गरेका ओली मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् । 

मध्यरातमा कांग्रेससँग सरकार बनाउने सहमति गरेका एमाले अध्यक्ष ओली प्रधानमन्त्री दाहाल भेट्न बालुवाटारमा

प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच कुराकानी भइरहेको जानकारी दिए । सोमबार बिहान पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेट भएको थियो । बालुवाटारबाट सुरु भएको ओलीको भेटघाट चपली हाइटमा पुगेर कांग्रेससँग आलोपालो सरकार बनाउने सहमतिमा टुंगिएको थियो ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।


प्रकाशित : असार १८, २०८१ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×