कांग्रेस संस्थापक नेता बीपी कोइरालाका जेठा छोरा प्रकाशले फरक बाटो समातेपछि बीपीको विरासत धान्न आइपुगे ‘मुन्नु’ अर्थात् शशांक । कोइराला परिवार र धेरै कांग्रेसी नेताले अहिले पनि बीपीका कान्छा प...
रुकुमकोटमा साढे तीनतले एउटा घरका दुइटा सटर घ्यार्रर गर्दै हरेक बिहान १० बजेअघि नै खुलिसक्छन् । ती कुनै पसलका सटर होइनन्, न त कुनै बिक्री कक्ष वा ग्यारेजका । यहाँ रुकुमपूर्वको जिल्ला अदालत छ ।
०७४ को एक दिन । भक्तपुर सिरुटार बस्ने गोकुल थापासँग प्रेमराज पन्थीको भेट हुन्छ । पोखराका राधाकृष्ण पोखरेलसँगको सम्पर्कपछि काठमाडौं नयाँ बानेश्वरका विदुर गौतममार्फत पन्थी थापासम्म पुगेका हुन्छन् ।
वीरगन्जको बिचोबीच भएर बग्छ सिर्सिया नदी । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ हेट टोलका बासिन्दा दिनहुँ उक्त नदीमा नुहाउँछन् । तर, त्यही नदी डेढ किलोमिटर मात्र तल वीरगन्ज महानगरपालिका–२१ परवानीपुर पुग्दा नाकै थुन्नुपर्ने गरी प्रदूषित छ ।
जब उनले आफ्नो नाम युद्धजित रोका मगर बताउँछन् तब मान्छेले अनौठो मानेजस्तो प्रतिक्रिया देखाइहाल्छन् । कोही–कोही त सोधी पनि हाल्छन्, कस्तो अनौठो नाम हो ? कोहीकोहीले भने यस्तो नाम पनि के राखेको भनेर नाक खुम्च्याएजस्तो गर्छन् ।
खत्याड गाउँपालिका सुकाढिकनजिक झुँगला पुल, जहाँ बिहान ४ नबज्दै चहलपहल सुरु हुन्छ । शान्त बगिरहेको कर्णाली किनार टर्चको उज्यालोले झिलिमिली देखिन्छ । किनारको सन्नाटा बिथोल्दै छप्ल्याङ–छप्ल्याङ जाल हानेको आवाज परसम्म सुनिन्छ ।
काभ्रेकी सपना तामाङ लेबनान पुगेको चार महिनापछि काइँली बहिनी फूलमाया पनि आइपुगेकी थिइन् । यो २००८ मार्चतिरको समय थियो । त्यतिखेर घरेलु कामदार (हाउसमेड) को काम गर्न वैदेशिक रोजगार विभागबाटै श्रमस्वीकृति पाइन्थ्यो । काभ्रेदेखि सिन्धुपाल्चोक र रसुवाबाट लेबनान जाने महिलाहरूको लहर नै चलेको थियो । सपना र फूलमायालाई म्यानपावरसम्म लैजाने काम गाउँले दिदी शर्मिला तामाङले गरेकी थिइन् । काठमाडौंको गलैंचा उद्योग धराशायी भएपछि उनीहरूका लागि लेबनान विकल्प बन्दै थियो ।
भुटानको साम्चीबाट सपरिवार लखेटिँदा शुक्रबहादुर गुरुङसँग बल र बैंस दुवै थियो । रातारात मेची तरेर आए । खुदुनाबारी शिविरमा बसेर ८ जनाको परिवार लालनपालन गरे । ८८ वर्षका उनी यतिबेला भने पुनर्वास भएर समुद्रपारि पुगेका आफन्त सम्झिएर दिन काट्छन् ।
बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशकी मनसरा सिंह सुत्केरी भएको दुई महिना पुग्न लाग्यो । यससीच उनले पौष्टिक आहार पाउनुपर्ने हो । नवजात शिशुलाई पर्याप्त दूध पुर्याउन मात्रै नभएर कमजोर बनेको सुत्केरी ज्यान तंग्रिनका लागि पनि पौष्टिक खानेकुरा आवश्यक थियो । तर, उनको परिवारले परम्परादेखि चल्दै आएको चलन भन्दै कैयन् खानेकुरामा बारबन्देज लगाए । ‘सुत्केरी भएको १२ दिनसम्म नुनसमेत दिइएन ।
पर्यटकीय राज्यका रूपमा लोकप्रिय भारतको गोवा यस पटक भूराजनीतिक कारणले पनि चर्चामा रह्यो । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को परराष्ट्रमन्त्रीस्तरीय बैठक गत बिहीबार र शुक्रबार (मे ४ र ५) गोवामा भयो । उक्त बैठकमा एजेन्डाभन्दा पनि भारत र पाकिस्तानको प्रतिद्वन्द्विताको विषयले सञ्चारमाध्यमहरूमा बढी चर्चा पायो ।
पछिल्ला तीन महिनामा नेपाल प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न व्यस्त रह्यो । विश्वकप क्रिकेट लिग–२ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीसँगको खेल आयोजना गरेको नेपालले गत साता एसीसी प्रिमियर कप प्रतियोगिता नै सफलतापूर्वक सम्पन्न गर्यो ।
रुपन्देहीको तिलोत्तमा–६ की पवित्रा कुमाल बिहान ५ नबज्दै उठ्छिन् । त्यसअघि नै ब्युँझिसकेका हुन्छन् छोरा अनुस । उनलाई हरेक बिहान लाग्छ, १३ वर्षीय छोरा अबेरसम्म सुतिदिए हुन्थ्यो । उठेर भैंसी–बाख्रालाई दानापानी खुवाउन नथाल्दै छोरा खुट्टा लतार्दै तल झर्न खोज्छ । कोही नदेखेपछि चिच्याएर रुन थाल्छ ।
दिलकुमारी विश्वकर्मा गत मंगलबार बिहान पनि यसअघि जस्तै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलस्थित घरबाट हतार–हतार विराटनगर उच्च अदालत हिँडिन् । करिब डेढ घण्टाको बस यात्रा गरी अदालत पुग्दा बिहान १० बजेको थियो । तर हतारको त्यो यात्रा यस पटक पनि निरर्थक भयो ।
भारतमा सन् १८६१ मा पुरातत्त्व विभाग स्थापना हुनुअगाडि बुद्धस्थलबारे अत्तोपत्तो थिएन । जनरल अलेक्जेन्डर कनिङघम उक्त विभागको प्रथम निर्देशक बने । उनी तत्कालीन ब्रिटिस सेनाका मेजर थिए ।
नेपाली खेलाडी र टोलीका अन्य पदाधिकारीहरू एसीसी प्रिमियर कपको फाइनल जितेपछि मैदानभित्रै धुमधामले खुसी साटिरहेका थिए । प्रशिक्षक मोन्टी देसाई भने नेपाली क्रिकेटसँग सरोकार राख्ने व्यक्तिहरूलाई मैदानभित्रै धन्यवाद भन्न व्यस्त देखिए ।