दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् ।
नेपाल र मलेसियाबीचको श्रम सम्झौता परिमार्जन गरी आउँदो अक्टोबरमा नवीकरण गर्न उच्चस्तरीय सहमति भएको छ । मलेसियाले अब नवीकरण हुने श्रम सम्झौताभित्र घरेलु कामदारलाई समेत समेट्न चाहेको छ । शून्य लागत नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा दुई देशका मन्त्रीबीच छलफल भएको छ ।
मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन ।
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक सुरू भएको छ ।
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको आसन्न भ्रमणका क्रममा नेपाल पक्षले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ । कामदारको मर्यादित श्रम, सामाजिक सुरक्षाको सुनिश्चितता र उपचार पाउने प्रबन्धका विषयमा पनि मलेसियाका गृहमन्त्री इजमाइलसँग छलफल हुनेछ ।
मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते (फेब्रुअरी २) नेपाल आउने भएको छ । झन्डै ४२ घण्टा नेपालमा बिताएर उनको टोली काठमाडौंबाट सिधै माघ २१ गते शुक्रबार बंगलादेशका लागि उड्नेछ ।
तत्काल पाँच लाख विदेशी कामदार लिने निर्णय गरेको मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल नेपाली कामदारको अवस्था बुझ्न आउने भएका छन् । इजमाइल फेब्रुअरी पहिलो साता नेपाल आइपुग्ने भएका हुन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा नौ वर्ष काम गरेर फर्केका चन्द्र रोक्काले पोखरामा कुखुरा फार्म खोले । उनले १० करोड रुपैयाँ लगानी गरिसकेका छन् । यतिका लगानी गरे पनि आफ्नो व्यवसायको भविष्य के हुने भन्नेमा उनी निश्चिन्त छैनन् ।
मलेसियाको भेन्चर इलेक्ट्रोनिक्स कम्पनीमा जान अनिल राय यादवले आफ्नो पैसा खर्चिनै परेन । काठमाडौंसम्म आउँदा–जाँदा, राहदानी बनाउँदा, होटलमा खाँदा–बस्दा, स्वास्थ्य परीक्षण गर्दाको खर्च आकर्षण म्यानपावरले नै ई–सेवामार्फत उनको खातामा पठाइदियो । अनिल म्यानपावरलाई बुझाएको सेवा शुल्कको रसिद होइन आफूलाई शोधभर्ना गरिदिएको रसिदको फाइल बोकेर मलेसिया आइपुगेका छन् ।
सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका अन्तर्राष्ट्रिय बजार निर्देशकको हैसियतमा रहेका डोलप्रसाद (डीपी) अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी लिएपछि प्रश्न उठेको छ, ‘उनको कार्यसम्पादन कत्तिको पारदर्शी होला ?’ मन्त्री अर्यालमाथि प्रश्न तेर्सिनुमा कारण धेरै छन् ।
सरकारले स्वदेशमै रोजगारी दिने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या झन् बढेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै कोरोना संक्रमणपछि घट्न थालेको रेमिट्यान्समा सुधार आएको छ ।