आगलागी पीडितलाई ५० थरि सामग्री राहत
जनकपुर — महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछीमा बुधबार भएको भीषण आगलागीमा घरबारविहीन भएका परिवारलाई आवश्यक ५० किसिमका सामग्री राहतमा उपलब्ध गराइएको छ ।
सेभ द चिल्ड्रेनले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार मटिहानी नगरपालिका र रतौली युवा क्लवको समन्वयमा आगलागी प्रभावित १ सय ३ घरधूरीलाई ५० किसिमको राहत सामग्री उलपब्ध गराइएको सेभ द चिल्ड्रेन बर्दिवास कार्यालयकी मिडिया संयोजक रचना श्रेष्ठले जानकारी दिइन् ।
आगलागीबाट प्रभावित १ सय ३ घरधूरीलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाडा बर्तनको सेट, साथै ० देखि २ वर्ष र ३ देखि ५ वर्षमुनिका बालबालिकाका लागि आवश्यक सामग्रीहरूको किट गरी जम्मा ५० किसिमका सामग्री वितरण गरिएको छ ।
मटिहानीको जरलहवा गाछीमा भएको आगलागीमा ९४ घरधूरी पूर्ण क्षतिग्रस्त र ९ घरधूरी आशिक क्षतिग्रस्त भएको थियो ।
प्रकाशित : वैशाख १५, २०८१ १५:४९