२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३
जसपा विभाजन

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

जेष्ठ १, २०८१

नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारसँगै केही हेरफेर गरेका छन् । जसपा नेपाल सोमबार बिहान सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले अशोक राईक...

जसपा दर्ता भएको संसद् सचिवालयलाई जानकारी

निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ ।

अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने जसपाको निष्कर्ष

जनता समाजवादी पार्टीले संसद्को अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गर्दै सबैलाई आफ्नो पदीय जिम्मेवारीमा फर्कन अनुरोध गरेका छ ।  अशोक राई नेतृत्वका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । अहिले उक्त निवेदनको अर्थ नरहने भन्दै जसपाले यसबारे कुनै भ्रममा नपर्ने आग्रह गरेको छ । 

मधेशमा जनमतसँग संवाद गर्ने जसपा संसदीय दलको निर्णय

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

‘विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो ।  उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै आइतबार नयाँ दल दर्ता गराएका छन् । 

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् । 

'आधिकारिक जसपा नेपाल हामी नै हौं' [अन्तर्वार्ता]

जसपा विभाजन भएपछि दुवै पक्षले सत्तासमीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ) को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।

'अध्यक्ष यादवको निरंकुश शैलीविरुद्ध नयाँ कदम' [अन्तर्वार्ता]

जसपा विभाजन भएपछि दुबै पक्षले सत्ता समीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ)को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।

अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा [सूचीसहित]

जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व 'जसपा'ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ ।जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ । आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् । 

सरकार झन् बलियो बनाउँछौं, पार्टी विभाजनले सत्ता समीकरणमा प्रभाव पर्दैन  : प्रदीप यादव

अशोक राईको नेतृत्वमा विभाजित जसपाका नेता तथा सांसद प्रदीप यादवले यो विभाजनले सत्ता गठबन्धनलाई कुनै प्रभाव नपर्ने बताएका छन् । जसपा नेपालमा प्रमुख सचेतको समेत भूमिका निर्वाह गरेका सांसद यादवले  इकान्तिपुरसँग कुरा गर्दै पार्टी अध्यक्ष तथा उपपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एकलौटी गरेपछि पार्टी विभाजनको निर्णयमा पुगेको बताएका हुन् ।

सत्तारुढ दल जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।