१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

अजित तिवारी

अजित तिवारीका लेखहरु :

केन्द्रीय समितिको बैठक गर्न मधेश झर्‍यो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबार दिउँसोदेखि महोत्तरीको सदरमुकाम जलेश्वरमा सुरु हुँदैछ । पार्टी स्थापना भएको एक वर्ष पुगेपछि वार्षिक समीक्षा र अर्को एक वर्षको योजना बनाउन रास्वपाले जलेश्वरमा तीन दिनसम्म बैठक गर्दैछ ।

मधेशका ६ मन्त्रालयका सचिव हेरफेर

निमित्तको भरमा चलिरहेको मधेश प्रदेशको ६ वटा मन्त्रालयको सचिव(सह–सचिव) एकैसाथ हेरफेर गरिएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आइतबार साँझ सरुवा गरेका ७१ जना सह–सचिवमध्ये मधेश प्रदेश सरकारका ४ निकायका सचिवको अन्यत्र सरुवा गरिएको छ भने निमित्तको भरमा चलेका केही मन्त्रालयमा सह–सचिवलाई नै सचिव बनाएर पठाइएको छ ।

छठ : पहाड उक्लँदै, सबै समुदायमा फैलँदै

इलाम उक्लिने गौंडामा रहेको झापाको सानो सहर बुधबारेकी रमिता भट्टराई हरेक वर्ष छठ पूजामा सहभागी मात्रै नभई ब्रत नै बस्छिन् । अन्य श्रद्धालुसँगै नजिकैको हडिया खोलामा गएर सूर्यलाई अर्घ दिन्छिन् । भन्छिन्, ‘छठ पर्व हामी सबैको साझा हो जस्तो लाग्छ ।’ 

संघलाई मधेश प्रदेशको ६ ‘बटमलाइन’

संविधानको एकल अधिकार सूचीमा रहेका अधिकार खोस्न कानुनै बनाएर संघीय सरकारसित टकराव लिइरहेको मधेश प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ६ मामिलामा बटमलाइन दिँदै त्यसलाई ‘राफसाफ’ गर्न ३० दिनको म्याद दिएको छ । संघीयता संस्थागत र प्रदेश सरकार सञ्चालनसँग जोडिएका ६ मामिलामा संघीय सरकारले ‘अनिच्छा’ देखाइरहेका बेला मधेश सरकारले प्रधानमन्त्री दाहाललाई बिहीबार ४ पृष्ठको ध्यानाकर्षणपत्र बुझाएको छ ।

प्रधानमन्त्रीसँग मधेश सरकारको माग : ‘एकल सूचीको अधिकार प्रयोग गर्न देउ’

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रीहरु र संसदीय दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संविधानको एकल सूचीमा रहेको अधिकार प्रयोग गर्न संघले रोकेर राखेको अधिकार सुम्पन माग गरेका छन् ।

संघविरूद्ध अब वारपारको लडाइँ : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अधिकार खोस्नका लागि संघीय सरकारविरुद्ध ‘वारपार’को लडाइँमा उत्रिएको घोषणा गरेका छन् । उनले प्रहरी समायोजन र निजामति कर्मचारीको खटनपटन प्रदेश मातहत नदिए संघ सरकारविरुद्धको आन्दोलन चर्काउने जानकारी दिए ।  

संघविरुद्ध मधेश सरकारले संघर्ष गर्ने

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको अधिकारका निम्ति संघीय सरकारविरुद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने चेतावनी दिएका छन् ।

‘प्रदेशको अधिकार हस्तान्तरण नगरे माइतीघरमा धर्ना’

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएका सर्वदलीय बैठकले संघीय सरकारले प्रदेशको अधिकार हस्तान्तरण नगरे काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना बस्ने निर्णय गरेको छ ।

मास्टर सेफ साहको अर्को आउटलेट 'मिस्टिक मिथिला'

यूके मास्टर सेफ प्रोफेसनल्स रिम्याच २०२१ का विजेता मास्टर सेफ सन्तोष साहले आफ्नो दोस्रो आउटलेट जनकपुरमै आइतबारदेखि सञ्चालनमा ल्याएका छन् । जनकपुरको शिवचोक र भानुचोकको मध्यभागमा मास्टर सेफ साहले व्यवसायी नवल मुरारकाको सहकार्यमा 'मिस्टिक मिथिला होटल' सञ्चालनमा ल्याएका हुन् । 

संघीयता कमजोर पार्नुहुन्न; ओली, देउवा र प्रचण्डलाई म सम्झाउँछु : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संघीयतालाई कमजोर नपारी झन् अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड राम्ररी नभएको पनि बताए ।