मधेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ५६.३१ प्रतिशत मात्र खर्च गरेको हो ।
मधेश प्रदेश सभाका विपक्षी दलले सरकारले पोषण र ट्राफिक साइन शीर्षकमा छुट्याएको १६ करोड ८० लाख रुपैयाँमा स्वार्थ समूहको प्रभाव देखिएको दाबी गरेका छन् ।
मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालले बिहीबार जनकपुरको तिरहुतिया गाछीबाट तेस्रो चरणको पैदल मार्च सुरु गरेको छ ।
पक्राउ परेका महतोलाई भोलि शुक्रबार अदालतमा पेस गरिनेछ।
उच्च अदालत जनकपुरका कामु प्रमुख न्यायाधीश टेकबहादुर कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसंघीय सांसद लक्ष्मी महतो कोइरी र प्रदेश सांसद अभिराम शर्मालाई पाँच वर्षको कैद सजाय सुनाएको छ ।
सभामुखद्वारा बजेट अधिवेशन रहेको र त्यही विषयमा छलफल हुने भएकाले प्रदेशसभाको बैठक अगाडि बढ्न दिन आग्रह ।
बर्दिबास-१४ मा रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाउँदा १४ जना ज्येष्ठ नागरिक पाँच वर्षदेखि सम्बन्धित कार्यालय धाइरहेका छन्।
प्रदेश सरकारहरूले बालबालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड दिएका छन्, दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन्, विपन्न र दीर्घरोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेका छन्।
दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै रैथाने उद्योगबाट उत्पादित पौष्टिकयुक्त पिठो प्रयोग गरेर खेतदेखि थालसम्म विद्यालय खाजा कार्यक्रमलाई अनिवार्य गर्ने भएको छ ।
गत वर्षको तुलनामा मधेश सरकारको बजेट यस वर्ष झन्डै ५ अर्बले घटाइएको छ