पक्राउ परेका महतोलाई भोलि शुक्रबार अदालतमा पेस गरिनेछ।
जनकपुर — सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा पाँच वर्षको जेल सजाय पाएका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीबाट उनी पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले गौशाला-५ एमाले पार्टी कार्यालय अगाडि सार्वजनिक स्थानबाट बिहीबार साँझ ६ बजे पूर्वसांसद कोइरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महतोलाई भोलि शुक्रबार अदालतमा पेस गरिनेछ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । २०७२ भदौ २५ गते राति डिउटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या घटनामा पूर्वसांसद कोइरीलाई ५ वर्ष जेल सजाय तोकिएको छ ।
