उच्च अदालत जनकपुरका कामु प्रमुख न्यायाधीश टेकबहादुर कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसंघीय सांसद लक्ष्मी महतो कोइरी र प्रदेश सांसद अभिराम शर्मालाई पाँच वर्षको कैद सजाय सुनाएको छ ।
जनकपुर — तेस्रो मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेका दुई पूर्वसांसदलाई उच्च अदालत जनकपुरले बुधबार पाँच वर्षको कैद सजाय सुनाएको छ ।
उच्च अदालत जनकपुरका कामु प्रमुख न्यायाधीश टेकबहादुर कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसंघीय सांसद लक्ष्मी महतो कोइरी र प्रदेश सांसद अभिराम शर्मालाई पाँच वर्षको कैद सजाय सुनाएको छ ।
असई बिकको हत्याका आरोपी पूर्वसंघीय सांसद कोइरीको सांसद पद निलम्बन भएको थियो भने प्रदेशसभा सांसद शर्मा पनि निलम्बित छन्।