सुन तस्करी प्रकरण

सुन तस्करी अनुसन्धान गर्न आयोग गठन

आश्विन १५, २०८०

राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएको सुन तस्करीका घटनाको थप अनुसन्धान गर्न सरकारले उच्च अदालतका न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । जाँचबुझ ऐन २०२६ को व्यवस्थ...

सुन अनुसन्धानको सन्देश

अन्तरदेशीय संगठित गिरोह संलग्न ‘६१ केजी सुन प्रकरण’ अनुसन्धान टुंगिएर न्यायिक निरूपणका लागि जिल्ला अदालत काठमाडौं पुगेको छ । यस प्रकरणमा जोडिएका पाँच कर्मचारी, नौ विदेशी नागरिकसहित २९ जनाविरुद्ध अदालतमा साढे ३ अर्ब रुपैयाँको बिगो र कसुरअनुसार कैद सजाय मागदाबी गरिएको छ ।

सुन तस्करलाई २ लाखमा नागरिकता

सुन तस्करीमा संलग्न चिनियाँलाई दुई लाख रुपैयाँमा नेपाली नागरिकता र राहदानी उपलब्ध गराउने गरेको खुलेको छ । सुन तस्करीको गिरोहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई हातमा लिएर फर्जी विवरणबाट नागरिकता लिने गरेको पुष्टि भएको हो ।

११ महिनामा एकै गिरोहबाट ३६३ केजी सुन तस्करी

माओवादीका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाई चिनियाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे ३ सय किलोभन्दा बढी सुन भन्सारबाट फुत्काएको पुष्टि भएको छ ।

सुन तस्करी प्रकरण : सीआईबीले बुझायो प्रतिवेदन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'ब्रेक सु' लगायतका माध्यमबाट भएको सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

६१ किलो सुन प्रकरण : तीन कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष

तस्करीको करिब ६१ केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्‍याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको छ ।

सुन तस्करीमा बिध ल्याबका सञ्चालकसँग सोधपुछ

सुन तस्करी प्रकरणमा मुछिएका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ थालेको छ । अनुसन्धानका क्रममा चिनियाँ सुन तस्करसँग अस्वाभाविक सम्बन्ध र सम्पर्क देखिएपछि भण्डारीलाई सीआईबीले आइतबार कार्यालयमै बोलाएर सोधपुछ गरेको हो । आइतबार सोधपुछ नसकिएपछि सोमबार पुनः उपस्थित हुने गरी छाडिएको छ ।

सुन तस्करीमा तानिए माओवादीका ४ पूर्वमन्त्रीका सचिवालय सदस्य भण्डारी 

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करी प्रकरणमा पनि जोडिएका छन् । सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ‘अस्वाभाविक सम्पर्क’ मा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वसभामुख कृष्णबहादुर महराका छोराहरूसँग ‘निकट सम्बन्ध’ बनाएर संगठित गिरोहले सुन तस्करी गर्ने गरेको देखिएको छ । चीन, हङकङ, दुबईलगायत मुलुकबाट तस्करीको सुन भित्र्याउने चिनियाँ गिरोहले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सम्बन्ध विस्तार गर्दै तस्करी गरेको खुलेको हो । 

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले गर्‍यो सोधपुछ

सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।

भेप र ब्रेक सुमा सुन तस्करीका गिरोह एउटै

विद्युतीय चुरोट (भेप), सवारीसाधनका ब्रेक सु, इलेक्ट्रिक सेभरलगायतमा लुकाएर छुट्टाछुट्टै सुन तस्करी गरेका दुवै गिरोह एउटै समूहका रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

सुन तस्करीको आरोपमा खरेल पक्राउ

सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नेपाल-भारत सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सीआईबीको टोलीलाई भारत पठाइयो

हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना संकलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई बिहीबार भारत पनि पठाएको छ । 

सुन तस्करीमा महराको संलग्नता : छोरा पक्राउ, बाबु निगरानीमा मात्रै

विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । यही प्रकरणमा पूर्वसभामुख महरासमेतलाई अनुसन्धानको दायरामा ल्याइने सीआईबीले जनाए पनि उनलाई निगरानीमा मात्रै राखिएको छ ।

सुन प्रकरण : यस्तो छ महराको सम्पर्कमा रहेका चिनियाँ तस्कर र भरियाबीच कमिसनको संवाद

पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको परिवारसँग ‘घनिष्ठ सम्बन्ध’ भएका चिनियाँ नागरिक दाओजिन वाङले तस्करीबाट पटक–पटक नेपालमा सुन भित्र्याएको खुलेको छ ।

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।

सुन तस्करसँग २५६ पटक संवाद गरेका महरा बाबुछोरा अनुसन्धानबाहिरै

विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा अझै अनुसन्धानको दायराबाहिर छन् । जबकि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन ।

सुन अनुसन्धानमा आयोगको औचित्य पुष्टि गर

काठमाडौंको सिनामंगलबाट एक महिनाअघि बरामद तस्करीको सुनका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेका बेला राजनीतिक दलहरूले यही प्रकरणसमेत छानबिन गर्ने गरी आयोग बनाउने सहमति गरेका छन् ।

तत्काल आयोग गठनको माग गर्ने एमालेले किन मान्यो असोज ५ को भाखा ?

सुन तस्करीको छानबिनका लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गर्दै साउन १० देखि निरन्तर संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको एमालेले उक्त आयोग असोज ५ मा गठन गर्नेमा सहमत भएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबीच सहमति भयो । दुई बुँदे सहमतिमा साउन ५ गते सरकारले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गर्ने सहमति भएको हो ।