कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सुन तस्करी प्रकरण : गुरुङ १५ लाख धरौटीमा रिहा 

काठमाडौँ — सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख धरौटीमा छुटेका छन् ।

सुन तस्करी प्रकरण : गुरुङ १५ लाख धरौटीमा रिहा 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको थियो । फागुन १४ मा पक्राउ परेका गुरुङ १५ लाख धरौटीमा छुटेको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा गुरुङ वैदेशिक मामिला सल्लाहकार थिए । उनी सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित : चैत्र ५, २०८० १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?