संघीयताको संस्थागत विकासका लागि एकीकृत राज्य सञ्चालनको सोच र दृष्टिकोण बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयक कार्यक्रमको ‘संघीयता संस्थागत गर्ने समय’ सत्रमा बोल्ने अधिकांश वक्ताले संघीयताको पाँच वर्ष पूरा हुँदा पनि प्रदेशको औचित्य पुष्टि हुन नसकेको बताएका हुन् ।
लुम्बिनी प्रदेशले विविध कार्यक्रम गर्दै शनिबार छैटौं स्थापना दिवस मनाएको छ । दाङको देउखुरीमा विभिन्न झाँकी र र्यालीसहित प्रदेशको स्थापना दिवस मनाइएको हो ।
उमेरले ८५ वर्ष पार गरेका अब्दुल लतिफ शौक आफ्ना गजलमा जवानीको आगो ओकल्छन् । उर्दूभाषी सायरमध्ये पुराना र चर्चित अब्दुल ख्यातिप्राप्त गजलकार हुन् । नबाबहरूको सहर लखनउका सायरसमेत उनको स्वरमा जादु देख्छन् ।
६९ वर्षीय लीला गिरीले बिहीबार लुम्बिनीको मुख्यमन्त्रीका लागि विश्वासको मत पाएका छन् । विश्वासको मतसँगै लुम्बिनी सरकारको आगामी ५ वर्षे नेतृत्व यात्राका लागि उनलाई सहज भएको छ । गिरी पुस २८ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका १० दलमध्ये ८ दल र दुई स्वतन्त्र प्रदेशसभा सदस्यसहित ५७ मत प्राप्त भएको छ । यसअघि उनी ७ दलका ५८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत दिनेमा आठौं दलका रूपमा नेकपा एकीकृत समाजवादी थपिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन् । उनले प्रदेशसभामा रहेका र यसअघि सरकारलाई समर्थ नगरेका ५८ मध्ये ५६ जना र नेकपा एकीकृत समाजवादीको १ सहित ५७ जनाको मत पाएका हुन् । ८७ सदस्यीय प्रदेश सरकारको बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लीला गिरी पुगेका हुन् । मुख्यमन्त्री गिरीले आजै (बिहीबार) विश्वासको मत लिने कार्यक्रम छ । यसअघि सरकारलाई समर्थन गरेका ७ दल र २ स्वतन्त्रसहित ५८ जनाले नै विश्वासको मत दिने गरी छलफल भइरहेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । एमाले पोलिटब्युरो सदस्य गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री लीला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन् । त्यसपछि सरकार विस्तार र भागबन्डाको विषयमा छलफल हुने भएको हो । गिरी प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्रसहित ५८ जनाको समर्थनमा पुस २८ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएको छ । उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।