स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

असार २४, २०८३

घनश्याम गौतम

Lumbini government decides to withdraw the bill on facilities for local level officials and members

बुटवल — लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले बताए। विधेयक २०८३ जेठ १६ गते प्रदेशसभामा दर्ता भएको थियो ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त पत्रको ब्यहोरा लुम्बिनी प्रदेशसभा सचिवालयलाई जानकारी गराउनेसम्बन्धी प्रस्तावसमेत बैठकले अनुमोदन गरेको छ ।

प्रदेश योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्ति गर्ने प्रकृया सुरु गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully