कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

माओवादी उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं लगियो

घनश्याम गौतम

बुटवल — सुन तस्करी प्रकरणका जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परेका छन् । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै आएका महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।

माओवादी उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं लगियो

रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले भने प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं पठाइएको बताए ।

उनलाई सुन तस्करीसम्बन्धी जाँचबुझका लागि बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै उनी प्रहरीको उच्च निगरानीमा रहेका थिए । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि महरा पक्राउ परेको बताए । ‘प्रहरीले नै पक्राउ गरेर काठमाडौं पठाइएको जानकारी दिएको छ,’ उनले भने, ‘महराजी रोल्पा जानका लागि आज बिहान काठमाडौंबाट आउनु भएको थियो ।’

सम्बन्धित समाचार

प्रकाशित : चैत्र ५, २०८० १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?