माओवादी उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं लगियो

चैत्र ५, २०८०

घनश्याम गौतम

Maoist Vice President Mahara was taken to Kathmandu from Bhairahawa Airport

बुटवल — सुन तस्करी प्रकरणका जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परेका छन् । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै आएका महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।

रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले भने प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं पठाइएको बताए ।

उनलाई सुन तस्करीसम्बन्धी जाँचबुझका लागि बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै उनी प्रहरीको उच्च निगरानीमा रहेका थिए । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि महरा पक्राउ परेको बताए । ‘प्रहरीले नै पक्राउ गरेर काठमाडौं पठाइएको जानकारी दिएको छ,’ उनले भने, ‘महराजी रोल्पा जानका लागि आज बिहान काठमाडौंबाट आउनु भएको थियो ।’

सम्बन्धित समाचार

सुन तस्करी प्रकरण

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully