सुदिप कैनी

सुदिप कैनीका लेखहरु :

कक्षा १२ को परीक्षाको विकल्प खोजी

लकडाउन वा निषेधाज्ञा कायमै रहे वैकल्पिक माध्यमबाट पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर लकडाउन खुकुलो भए मात्र वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । कक्षा १२ को परीक्षा नभए विश्वविद्यालयको आगामी शैक्षिकसत्र संकटमा पर्ने चिन्ता व्यक्त हुन थालेको छ ।

कक्षा ११ मा अब जीवनोपयोगी शिक्षा

यो वर्षदेखि कक्षा ११ का विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्ययन गर्नुपर्ने भएको छ । बालबालिकालाई समाजसँग परिचित गराउन र जीवन व्यवहार चलाउने कला सिकाउन नयाँ पाठ्यक्रममा उक्त विषय राखिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । 

एसईईको नतिजा आजै (अपडेट)

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै (सोमबार) प्रकाशित गर्ने भएको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बोर्डको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।

शिक्षण संस्था सञ्‍चालन नभएको समयको शुल्क नलिन मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न स्कुल बसलाई ९ देखि ३ बजेको नियम 

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सरकारले स्कुल बसहरुलाई नयाँ नियम लगाउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्ययोजना अनुसार स्कुल बसहरु बिहान ९ बजे स्कुलभित्र छिरिसक्नुपर्ने र दिउँसो ३ बजे निस्कनुपर्ने निर्णय गरेको हो ।