२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
ओली मन्त्रिपरिषद्

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न

श्रावण ६, २०८१

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति तीन सातासम्म पनि सार्वजनिक नहुँदा सत्तारूढ दलभित्रै आलोचना हुन थालेको छ । प्रतिपक्ष मोर्चाले अपारदर्शी सहमतिप्रति शंका गरिरहेका बेला गठबन्धनको प्रमुख द...

अर्थमन्त्रीका अप्ठ्यारा

विदेशी मुद्रा सञ्चिति, शोधनान्तर लगायत केही सूचक बलिया रहे पनि राजस्व संकलन, पुँजीगत खर्च, विदेशी अनुदानको अवस्था नाजुक रहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलले पाँचौं पटक अर्थतन्त्रको बागडोर सम्हालेका छन् । 

मन्त्रिपरिषद्को निर्णय : बेपत्तालाई मृतकसरह राहत

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले बाढीपहिरोमा परेर बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिका परिवारलाई मृतकसरह राहत दिने निर्णय गरेको छ । 

परराष्ट्रमा जुरेको महिला नेतृत्वको संयोग

कुनै समय कूटनीतिक सेवामा पुरुषै पुरुष हुन्थे । अझ मूल नेतृत्वमा त महिला देखिनु टाढाको कुरा । तर केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि यसपटक नयाँ संयोग जुरेको छ-परराष्ट्र मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला भएका छन् ।

मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

आउँदा जुन उत्साह छ, बिदा हुँदा पनि कायम राख्नेछु : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा राष्ट्रिय क्यान्सर रणनीति (२०२४–२०३०) स्वीकृत गरेका छन् । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा उदाएका मन्त्री पौडेलको यो नै मन्त्रीका रुपमा पहिलो कार्यकाल हो ।

सांसद गौतमको प्रश्न : दलित शून्य सरकारको समावेशिताप्रतिको दृष्टिकोण के हो ?

कांग्रेस र एमालेको सहमतिअनुसार गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारको समावेशिताको नीतिप्रति प्रतिपक्ष रास्वपाले प्रश्न उठाएको छ । रास्वपाकी सांसद सोबिता गौतमले प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रिपरिषद्मा न्यून संख्यामा महिलाको उपस्थिति र दलित समुदायको शून्यताप्रति प्रश्न उठाएकी हुन् । 

मन्त्रीहरूको भावभंगी [तस्बिरहरू]

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्रीहरूले सोमबार शपथ ग्रहणपछि मन्त्रालय पुगेर पदभार सम्हाले । शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रीहरू सिंहदरबार पुगे । त्यसक्रममा प्रधानमन्त्री केपी ओलीसहितका मन्त्रीहरूको भावभंगी यस्तो थियो :

समस्या समाधान गर्ने गरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् ।सोमबार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताएका हुन् ।

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ पार्नुपर्छ : परराष्ट्रमन्त्री राणा

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै उनले इतिहासै पहिलो ठूलो जिम्मेवारी भएकोले यसलाई सही सदुपयोग गर्ने बताइन् ।

खेलकूद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री चौधरीको निर्देशन

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् ।

दीर्घकालीन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने ऊर्जामन्त्री खड्काको पहिलाे निर्णय

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री  दिपक खड्काले आफ्नो कार्यभार सम्हाल्दै ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रको दीर्घकालीन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सोमबार ऊर्जामन्त्रीको पदभार ग्रहन गर्दै खड्काले ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रको दीर्घकालीन नीति कार्यान्वयनका लागि सहज वातावरण सिर्जना गर्ने बताए । 

पर्यटन नीतिमा समयानुकुल संशोधन आवश्यक : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए ।

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो : गृहमन्त्री लेखक

नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नुभएको बताएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्नु भएको बताए ।

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्  ।

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् ।

एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउने नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

जलविद्युत्‌का लगानीकर्ता खड्का बने ऊर्जामन्त्री

नेपाली कांग्रेसका सांसद दीपक खड्का ऊर्जा मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी मन्छियाम हाइड्रोपावर लिमिटेड र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष समेत हुन् ।

मन्त्रिपरिषद्‌मा दलित समूदायको प्रतिनिधित्व शून्य

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् ।